छठका लागि झकिझकाउ नदी र पोखरी « Khabarhub

छठका लागि झकिझकाउ नदी र पोखरी


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठ पर्वको तयारी पूरा भएको छ ।

छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका हुन् । तराई मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमल पोखरी, मनोहरा र गोदावरी खोलामा छठ मनाउने तयारी पूरा गरेको हो ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दाबढी परिवारले छठ पर्व मनाउने गरी पोखरी सिँगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएको उनले बताए ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि छठ पर्वको तयारी पूरा भएको बालकोट बस्दै आएका दशरथ ठाकरले जानकारी दिए । गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ दुई सयभन्दा बढी परिवारले छठ मनाउने तयारी पुरा गरेको उनले जानकारी दिए ।

रौनियारले भने, “तराई मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका एक सय ५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौँ । छठ पर्वका लागि यहाँको पोखरी सिँगारेका छौँ, मूर्ति ल्याएर स्थापना गरेका छौँ । पोखरी झकिझकाउ भएका छन् ।”

सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिँगारिए पर्वको तयारी गरिएको छ । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले छठ पर्वलाई सहयोग गर्दै आएका छन् ।

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी बिहीबार जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन भोली कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी शुक्रबार सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : ४९ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी