कार्बन आम्दानीको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा  « Khabarhub

कार्बन आम्दानीको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा 


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा लगाउने भएको छ ।

वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक उर्जा विकास समितिको बिहीबार साँझ बसेको बैठकले नवीकरणीय उर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्याँस, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय उर्जा प्रविधिको मर्मत सम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग (निवारण) आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ । साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा समितिका अध्यक्ष एवम् उर्जामन्त्री खड्काले स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पुरा गर्नका लाई केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताएको मन्त्री खड्काको भनाई उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिए।

यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो ।

 उर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्याँसलाई विस्थापनको लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ५० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै