एनपीएल : कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बने एन्ड्रिज « Khabarhub

एनपीएल : कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बने एन्ड्रिज


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले अर्धशतक प्रहार गरेका छन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् ।

यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले २० बलमा ५२ रन बनाएका हुन् ।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

जारी एनपीएलमा एन्ड्रिज अर्धशतक प्रहार गर्ने दशौं खेलाडी बनेका छन् । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । रोहित पौडेल ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको हो । पोखराले १७१ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ३६ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम