विवाहपञ्चमी : स्वयम्वर सकियो, जानकी मन्दिरमा ओइरिए श्रद्धालु (तस्बिरहरू) | Khabarhub Khabarhub

सन्दर्भ : विवाहपञ्चमी

विवाहपञ्चमी : स्वयम्वर सकियो, जानकी मन्दिरमा ओइरिए श्रद्धालु (तस्बिरहरू)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधामसहित पूरै मिथिलाञ्चलमा छ । जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ । आज बिहानैदेखि मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरूकाे भिड छ । विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैँठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ । जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरूले गीतनाच गाउने गर्छन् ।

विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौच गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ५२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय