विवाहपञ्चमी : स्वयम्वर सकियो, जानकी मन्दिरमा ओइरिए श्रद्धालु (तस्बिरहरू) « Khabarhub

सन्दर्भ : विवाहपञ्चमी

विवाहपञ्चमी : स्वयम्वर सकियो, जानकी मन्दिरमा ओइरिए श्रद्धालु (तस्बिरहरू)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधामसहित पूरै मिथिलाञ्चलमा छ । जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ । आज बिहानैदेखि मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरूकाे भिड छ । विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैँठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ । जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरूले गीतनाच गाउने गर्छन् ।

विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौच गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ५२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको