कोलकातामा नेपालका सुन्तलाको प्रदर्शनी (तस्बिरहरु) | Khabarhub Khabarhub

कोलकातामा नेपालका सुन्तलाको प्रदर्शनी (तस्बिरहरु)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कोलकाता– पश्चिम बंगालको  कोलकातामा शुक्रबारदेखि छैठौ सुन्तला महोत्सव शुरु भएको छ । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमकाे आयोजनामा प्रत्येक दुई वर्षमा सुन्तला महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवको उद्घाघटन पश्चिम बंगाल सरकारका बरुणयन्त्र मन्त्री राजीव बोसले गरे।  सुन्तला महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि महत्त्वपूर्ण बन्न सक्ने जनाइएको छ। पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेललेआगामी भ्रमण वर्षमा लाखौँ भारतीय पर्यटक भित्र्याउन यो महोत्सव प्रभावकारी बन्ने बताए ।

महोत्सवमा पूर्वका इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथर, लगायत विभिन्न जिल्लाका  सुन्तला, अलैँची, एभोकाडो, किवी, बेलिचन्द लगायतका स्थानीय उत्पादनका आधा  दर्जन बढी  स्टल राखिएको छ।

कोलकाताको सल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म जारी रहने महोत्सवमा नेपालका होटल, होमस्टे ब्यवसायी, किसान, कलाकार लागायत २ सय जना सहभागी छन्। महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड लागेको छ। संगै किजी, एभोकाडो लगायतका फलहरु प्रति बंगाली ग्राहकहरू झुम्मिएका छन् ।

हेर्नुहोस्  तस्बिरहरु : 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : ३२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास