बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि-विशेष ध्यान दिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले आजका बालबालिका भोलिका मुलुकका कर्णधार भएकाले उनीहरूको विकासका लागि राज्यले बनाउने नीति तथा कानुन निर्माणमा आवश्यक सुझावका लागि विज्ञहरूसँग आग्रह गरे।

उनले विगतमा राजनीतिक अस्थिरताका कारण बालबालिकाको विकासका लागि निर्माण गरेको कानुन कार्यान्वयनमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले विगतमा आफूले विद्यालयका युवालाई देश सेवा, अनुशासित बनाउन, दुर्व्यसनीबाट टाढा राख्न दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लबमार्फत कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । उनले सम्मेलनमा निस्कने निष्कर्ष सरकारका लागि पथप्रदर्शक हुने भएकाले उपलब्ध गराउन आग्रह गरे ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालबालिकालाई असल नागरिक निर्माणमा सरकार संवेदनशील रहेको विचार राखे । उनले कार्यक्रमबाट निस्केको निचोडले बालबालिकाको विकासको नीति, योजना र कार्यक्रम बनाउन सहयोगी हुने टिप्पणी गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाले यस प्रकारको कार्यक्रमलाई भविष्यमा निरन्तरता दिने प्रतिबद्धता जनाए । प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डा मिनाक्षी दाहाल,  डा अरुण उप्रेतीले प्रारम्भिक बाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राखेका थिए ।

विभिन्न चार वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुति र छलफल भएका छन् । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायत तीन सयभन्दा बढीको सहभागिता छ ।

सम्मेलनमा प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषय विज्ञ, चिकित्सक, विद्यार्थीलगायत सहभागिता रहेको कला सङ्कायका डिन डा अनिलकुमार पोखरेलले जानकारी दिए ।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बाल विकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डीन  पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ११ बजे

नेपाली कम्युनिस्ट पार्टी परिवर्तनको सम्वाह बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको

कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू)

काठमाडौं– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

एजेन्सी– अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको