आज २०८० साल पुस २२ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २२ गते आइतबारको राशिफल


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २२ गते आइतबार तदनुसार सन् २०२४ जनवरी ७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। उत्तरको यात्रा गर्दै नगर्नुहोला। परिवारिक सम्बन्ध रमाइलो हुनाले खर्च बढ्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। सामाजिक क्षेत्रमा कुरा काट्ने धेरै छन्। न्यायको पक्षमा बोल्नु उपयुक्त हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने योग रहेको छ।

मिथुन : आजको दैनिकी सामान्य छ। राम्रो काममा हिम्मत गर्नुभयो भने फाइदा हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा उन्नति हुने देखिन्छ। परिवारमा भने खटपटी हुनसक्छ।

कर्कट : हरेक क्षेत्र सबल छन्। अचानक सम्पत्ति खर्च हुने योग रहेको छ। साथीसँगको सम्बन्ध बिग्रिन सक्छ। रोजगारीमा बढुवा हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : दिन सामान्य छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने देखिन्छ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : राम्रो खबर सुन्न पाइने छ। स्वास्थ्य राम्रो हुनेछ। स्वदेशमै लगानी गर्ने विषयमा मन उत्साहित हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। राम्रो कुरा सोच्नु भएको भए इच्छा पुरा हुनेछ। देशको उन्नतिका लागि काम गर्नु राम्रो हुन्छ। परोपरकार गर्न खोज्नुभयो भने परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक क्षेत्रमा बाधा र विरोध रहे पनि शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ प्राप्त हुनेछ। पारिवारिक साथ र सहयोग हुनाले मनमा शान्ति मिल्नेछ।

धनु : आजको दिन सामान्य राम्रो छ। सोचेर बोल्नु राम्रो हुन्छ। बोलीकै कारण समस्या आइपर्ने हुनाले विवेक प्रयोग गर्नु उपयुक्त हुन्छ। समाजमा झुटो आरोप लाग्नसक्छ। परिवारमा खटपटी बढ्ने देखिन्छ। परेवालाई दाना दिनुभयो भने धेरै संकट टर्नेछ।

मकर : दिन राम्रो छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। आजको दिनमा माछा र मासुबाट अलग रहनु। शिक्षाको क्षेत्रमा उन्नति हुने योग छ। परिवारबाट असहयोग हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा विरोध हुनसक्छ। मन बलियो पारे थालेको काम सफल हुनेछ। पिपलको दर्शन गर्नुभयो भने संकट टर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। घर वा डेरा सर्ने चटारो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : १५ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र