शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ? | Khabarhub Khabarhub

शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

भनिन्छ कुनै घर कस्तो संस्कारको छ भनेर थाहा पाउन त्यस घरको शौचालय हेर्नुपर्छ । शौचालयलाई पछिल्लो समय रेष्टरुमको रुपमा लिन थालिएको छ ।

भान्छा भन्दा शौचालय बढी सफा हुनुपर्ने चिकित्सक तथा अध्ययनहरूले प्रस्ट पारेका छन्।

अहिले मानिसहरू यति व्यस्त छन् कि शौचालय नै पत्रिका पढ्ने तथा तथा मोबाइल चलाउने ठाउँ बन्दै गएको छ ।

आज हामी वास्तुशास्त्रअनुसार शौचालय घरको कुन दिशामा बनाउनु उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी गराउँदै छौँ ।

वास्तुशास्त्र अनुसार, शौचालय कहिले पनि घरको बीच भागमा बनाउनु हुँदैन । यसो गरे घरमा सकारात्मक ऊर्जा प्रवर्द्धन हुँदैन।

उत्तरतर्फ फर्केको घरको लागि दक्षिण–पश्चिम वा दक्षिण–उत्तर–पश्चिम दिशामा शौचालय बनाउँदा राम्रो मानिएको छ । उत्तर दिशामा शौचालय राख्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

दक्षिण, दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा बाथरुम बनाउँदा यसले घरका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। शौचालयको निर्माण जमिनभन्दा एक देखि दुई फिट अग्लो हुनुपर्छ ।

घरको शौचालय वा बाथरुम सधैँ पूर्व दिशामा नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कसैको घरको दक्षिण पश्चिम दिशामा शौचालय बनाइएको छ भने कुनै प्रकारको फलामको सामग्री अगाडि राख्नु हुँदैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ३६ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल