एफए कपमा चेल्सीको सानदार जित « Khabarhub

एफए कपमा चेल्सीको सानदार जित


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा लन्डन क्लब चेल्सीले सानदार जित निल्दै चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४–० को फराकिलो जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

चेल्सीका लागि अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् ।

खेलको ५८औँ मिनेटमा ब्रोजाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै सिल्भाले ६६औँ मिनेट, रहिमले ६९औँ तथा एन्जोले ८५औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–० गोलको जित दिलाए ।

एफए कप अन्तर्गत ब्ल्याकबर्न, सेफिल्ड युनाइटेड, प्लेमाउथ, बर्नमाउथ, साउथह्याम्टन, ब्राइटन, वाटफोर्ड, एस्टन भिल्ला, सेफ वेनस्डे, स्वान्सी सिटी र न्युक्यासल युनाइटेडले सफलता हात पार्दै चौथो चरणमा पुगिसकेका छन् ।

यो पनि…
एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ११ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर