बालुवाटारमा गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबन्डालाई अन्तिम रूप दिने तयारी « Khabarhub

बालुवाटारमा गठबन्धनको बैठक, राष्ट्रियसभामा भागबन्डालाई अन्तिम रूप दिने तयारी


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउने अन्तिम प्रयास भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । आजको बैठकमा सरकारमा सहभागी अन्य साना दललाई बोलाइएको छैन ।

हिजो रातिसम्म बसेको गठबन्धन बैठकले सिट बाँडफाँडको प्रारम्भिक खाका तय गरिसकेको तर जनता समाजवादी र एकीकृत समाजवादी केही असन्तुष्ट रहेकाले त्यसलाई मिलाएर अन्तिम रूप दिने तयारी भइरहेको बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले भने भाग नपाउने भएका छन् ।

माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : २६ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण