एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित बनाउन छानबिन समिति गठन « Khabarhub

एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित बनाउन छानबिन समिति गठन


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जीपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जीपीएस जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ ।

सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो ।

जिल्लामा जीपीएस जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

उक्त समितिले तीन हप्ताभित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएको छ । काभ्रेमा ६ नगरपालिका र सात गाउँपालिका छन् ।

यस्तै, एम्बुलेन्सलाई मापदण्डअनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका– २०७८ को उफदफा १, को (छ) बमोजिम दुई महिनाको अवधि दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तथा प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याइएका एम्बुलेन्समा जीपीएस जडान गरी ‘स्तरोन्नति मापदण्ड’ बमोजिम सञ्चालन गर्न अनुरोध गर्ने जनाइएको छ ।

प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमार्फत एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीको प्रशिक्षण एवं तालिम दिइने व्यवस्था मिलाइने योजना बनाइएको प्रजिअ शर्माले बताए ।

यसअघि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विसं २०७७ जेठदेखि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा केन्द्र रहनेगरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सञ्चालन हुने सम्पूर्ण एम्बुलेन्सलाई व्यवस्थित गर्न जीपीएस जडान गरी ‘एकीकृत एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याइएको थियो ।

धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो ।

काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको जनाइयो ।

बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ४९ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक