सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने « Khabarhub

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन् ।

गृह जिल्ला सप्तरी पुग्नुभएका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन् ।

तीनवटै सडक रु ७३ करोडमा निर्माण गर्ने गरी सम्झौता भए पनि पाँच वर्षमा ३० करोड बराबरको मात्र काम भएपछि यसअघिका ठेक्का रद्द गरिएको थियो। अब नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाउने तयारी भइरहेको मन्त्री यादवले बताए।

नयाँ सम्झौतापछि १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिने उनले बताए। चाडपर्व नजिकिएकाले तत्काल सर्वसाधारणको आवतजावत सहज बनाउन तथा धुलो नियन्त्रण गर्न सडकमा प्राइम छर्किने व्यवस्था मिलाइने उनको भनाइ छ।

तीनवटै सडकको ठेक्का रद्द भएपछि निर्माण कार्य अलपत्र परेको अवस्थामा नयाँ ठेक्कामार्फत काम अघि बढ्ने भएपछि स्थानीयमा आशा बढेको  कंकालिनीकी सुशीला यादवले बताए।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ५७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका