सालकको खपटासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

सालकको खपटासहित दुई जना पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सुनसरी–  धरान उपमहानगरपालिका-५ किशान चोकबाट संरक्षित सालकको खपटा ३ सय ४० ग्रामसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका-३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपटासहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपटा लिएको भनी खुल्न आएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : १२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा