राष्ट्रियसभा निर्वाचन : राप्रपाका १२ उम्मेदवारको नाम सार्वजनिक « Khabarhub

राष्ट्रियसभा निर्वाचन : राप्रपाका १२ उम्मेदवारको नाम सार्वजनिक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा १२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राप्रपा पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले १२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

केन्द्रीय कार्यसमितिको बैठकले १५ जनाको नाम टुङ्ग्याएको भएपनि पार्टीले १२ जनाको मात्र नाम सार्वजनिक गरेको छ । श्रेष्ठले भने, ‘राप्रपाले सात वटै प्रदेशमा उम्मेदवारी दिन्छ । तालमेलका लागि सबैसँग संवाद पनि गर्छ ।’

उनका अनुसार पार्टीले सत्ता गठबन्धनसँग पनि तालमेलको प्रयास जारी राखेको छ ।

यी हुन् ९ उम्मेदवार

राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङलाई उम्मेदवार उठाएको छ ।

त्यस्तै, गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । उता, लुम्बिनीबाट निरंजन थापा र विजयीलक्ष्मी सिंहलाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।

मधेसमा सुमेश्वरनाथ उपाध्याय, कर्णालीमा लक्ष्मी सिंहलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय छ । राप्रपाले सुदूरपश्चिम रोमजंग स्वारलाई उम्मेदवार बनाउने भएको छ ।

अन्य तीन जनाको नाम भने बेलुकासम्ममा सार्वजनिक हुने बताइएको छ । १९ पदका लागि हुने निर्वाचनमा १५ जना मात्र नाम समितिका आएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : १६ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा