राष्ट्रियसभा निर्वाचन : राप्रपाका १२ उम्मेदवारको नाम सार्वजनिक « Khabarhub

राष्ट्रियसभा निर्वाचन : राप्रपाका १२ उम्मेदवारको नाम सार्वजनिक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा १२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राप्रपा पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले १२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

केन्द्रीय कार्यसमितिको बैठकले १५ जनाको नाम टुङ्ग्याएको भएपनि पार्टीले १२ जनाको मात्र नाम सार्वजनिक गरेको छ । श्रेष्ठले भने, ‘राप्रपाले सात वटै प्रदेशमा उम्मेदवारी दिन्छ । तालमेलका लागि सबैसँग संवाद पनि गर्छ ।’

उनका अनुसार पार्टीले सत्ता गठबन्धनसँग पनि तालमेलको प्रयास जारी राखेको छ ।

यी हुन् ९ उम्मेदवार

राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङलाई उम्मेदवार उठाएको छ ।

त्यस्तै, गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । उता, लुम्बिनीबाट निरंजन थापा र विजयीलक्ष्मी सिंहलाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।

मधेसमा सुमेश्वरनाथ उपाध्याय, कर्णालीमा लक्ष्मी सिंहलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय छ । राप्रपाले सुदूरपश्चिम रोमजंग स्वारलाई उम्मेदवार बनाउने भएको छ ।

अन्य तीन जनाको नाम भने बेलुकासम्ममा सार्वजनिक हुने बताइएको छ । १९ पदका लागि हुने निर्वाचनमा १५ जना मात्र नाम समितिका आएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : १६ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन