कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ | Khabarhub Khabarhub

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, प्रदेशका मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए । कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ५१ बजे

एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध

काठमाडौं– सत्तारुढ नेकपा एमालेको गैरभूगोल युवा विद्यार्थी विशेष जिल्ला कमिटीको

पूर्वसभामुख ढुंगानाको निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति

कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर

काठमाडौं- नेपालको घरजग्गा व्यवसायले गति लिन लिन नसकेको तथ्यांकले देखाएको छ

तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

काठमाडौं- तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि

कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा एकजना