दोलखाको मेलुङ गाउँपालिकामा किसानलाई हाते ट्याक्टर र आलुको बिउ वितरण « Khabarhub

दोलखाको मेलुङ गाउँपालिकामा किसानलाई हाते ट्याक्टर र आलुको बिउ वितरण


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

दोलखा- आलुखेती र उत्पादनको हिसाबले उर्वरभूमि मानिने दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ३ का स्थानीय किसानलाई हाते ट्याक्टर तथा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ का किसानलाई पालिका अध्यक्ष हिराकुमार थोकरको उपस्थितिमा कृषि सामाग्री वितरण गरेको हो ।

गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको अनुदान सहयोगमा वडा नम्बर ३ को दोभान वर्षे आलु उत्पादक कृषि समुहमा आबद्ध किसानलाई ५० प्रतिशत लागत साझेदारीमा उक्त सामग्री वितरण गरेको मेलुङ गाउँपालिका कृषि प्राविधिक विष्णु जिरेलले जानकारी दिए ।

पालिकाले किसानलाई मिनिटिलर ५.५ एचपीको डिजेल इन्जिन जडहा भएको ५ थान हाते ट्याक्टर, ४ टन उन्नत जातको आलुको बिउ, विषादी छर्नको लागि स्प्रेयर १६ लिटरको १५ थान, आलुमा लाग्ने किरा नियन्त्रणको लागि जैविक ट्रप र भिटामिनलगायतका कृषि सामग्री वितरण गरेको हो ।

वडा नम्बर ३ मा आलुखेतीमा आबद्ध दोभान कृषि समूहका ३० जना किसानलाई उक्त सामग्री वितरण गरिएको हो । त्यस्तै, पालिकाले वडा नम्बर ५ का किसानलाई ५ लाख बराबरको कृषि सामग्री तथा औजार वितरण गर्न भने बाँकी रहेको प्राविधिक जिरेलले जानकारी दिए । वडा नम्बर ३ को दोभान कृषि समूहले मात्रै १० हजार टन आलु उत्पादन गर्दै आएको छ ।

आलु उत्पादनमा आत्मनिर्भर रहेको मेलुङले वार्षिक १५ करोड बराबरको आलु बिक्री गर्दै आएको पालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । बागमती प्रदेशले चालु वर्ष वडा नम्बर ३ र ५ मा आलु प्रवर्द्धन कार्यक्रमको लागि १० लाख अनुदान दिएको थियो । वडा नम्बर ३ मा ५ लाख बराबरको कृषि सामग्री वितरण गरिए पनि वडा ५ भने वितरण गर्न बाँकी रहेको छ ।

सुवास बस्नेत

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ४१ बजे

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो