रणजी ट्रफीमा चेतेश्वर पुजाराको दोहोरो शतक « Khabarhub

रणजी ट्रफीमा चेतेश्वर पुजाराको दोहोरो शतक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हाल भारतको राष्ट्रिय क्रिकेट टिमबाट बाहिर रहेका ब्याट्सम्यान चेतेश्वर पुजाराले रणजी ट्रफी २०२४ को पहिलो चरणमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले सिजनको पहिलो खेलमा नै दोहोरो शतक बनाएका छन् । पुजाराले झारखण्डविरुद्ध ३५६ बलमा अविजित २४३ रन बनाएका छन् ।

रणजी ट्रफीमा उनको यो आठौं दोहोरो शतक हो । अब उनी यस प्रतियोगितामा सर्वाधिक दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । अब उनीभन्दा अगाडि पारस डोगरा छन् जसले ९ दोहोरो शतक बनाएका छन् ।

सिजनको आफ्नो पहिलो खेलमा उनले झारखण्डविरुद्धको खेलको दोस्रो दिन १ सय ५७ रन बनाएर अविजित थिए। उनले तेस्रो दिनको पहिलो सत्रमा दोहोरो शतक पूरा गरे ।

पुजारा अहिले हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशको १७ प्रथम श्रेणीको दोहोरो शतकको बराबरीमा छन् । फर्स्ट क्लास क्रिकेटमा सबैभन्दा धेरै दोहोरो शतक बनाउनेमा चेतेश्वर पुजाराको नाम डन ब्राडम्यान (३७), वाली ह्यामन्ड (३६) र पाट्सी हेन्ड्रेन (२२) पछि परेको छ। पुजाराका अलावा हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशले पनि १७ दोहोरो शतक बनाएका छन् । पुजाराको नाममा तीन प्रथम श्रेणीको त्रि(शतक पनि छ, जसमध्ये अन्तिम अक्टोबर २०१३ मा वेस्ट इन्डिज ए विरुद्ध बनेको थियो ।

यो इनिङ्ससँगै पुजाराले इङल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि राष्ट्रिय टिममा फर्किने दाबीलाई बलियो बनाएका छन् । भारतले इङल्याण्डविरुद्ध पाँच टेस्टको सिरिज जनवरी २५ बाट खेल्दैछ ।

पुजाराले पछिल्लो पटक जुनमा ओभलमा अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा टेस्ट खेलेका थिए, जसमा उनले १४ र २७ रन बनाएका थिए जसमा भारत २०९ रनले पराजित भएको थियो । भारतले त्यसपछि जुलाई २०२३ मा वेस्ट इन्डिजमा र हालसालै दक्षिण अफ्रिकामा दुई खेलको दुईवटा टेस्ट सिरिज खेलेको छ । यी खेलमा पुजारालाई टिममा समावेश गरिएको थिएन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ५६ बजे

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन