सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गोरखा । सवारी ज्यान मुद्दाका ५ वर्षदेखि फरार गोरखा नगरपालिका–९ का रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ।

२०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग १ त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका–६ का सुशील मगरको मृत्यु भएको थियो।

घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिएकोमा उनलाई आइतबार गोरखा–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशले आइतबार नै आरोपित सिर्मललाई पूर्पक्षका लागि कारागार पठाइएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : १३ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही

हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बागमती– सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण

काठमाडौं– पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक

लुम्बिनीले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले