ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

ठगी गरेको आरोपमा एक जना पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेटवर्किङमार्फत ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।

उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए।

उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौं महानगरपालिका– ७ चावहिल, गंगाहिटी, काठमाडौंको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ५१ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून