ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

ठगी गरेको आरोपमा एक जना पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेटवर्किङमार्फत ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।

उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए।

उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौं महानगरपालिका– ७ चावहिल, गंगाहिटी, काठमाडौंको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ५१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित