अफगानिस्तानविरुद्धको टी–२० सिरिज खेल्ने भारतीय टिमको घोषणा « Khabarhub

अफगानिस्तानविरुद्धको टी–२० सिरिज खेल्ने भारतीय टिमको घोषणा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अफगानिस्तानविरुद्धको टी –२० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी –२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन्।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी–२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी –२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो।

अफगानिस्तानविरुद्धको टी –२० सिरिजको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। यस सिरिजमा सूर्यकुमार यादव र हार्दिक पाण्डेय खेल्ने छैनन्। दुवै इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

भारतीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन्।

भारतले अफगानिस्तानविरुद्ध जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल खेल्ने छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०७ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा