बरहथवा घटनामा ११ बुँदे सहमति, आन्दोलन फिर्ता | Khabarhub Khabarhub

बरहथवा घटनामा ११ बुँदे सहमति, आन्दोलन फिर्ता


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । आइतबार जिल्ला सुरक्षा समिति, पीडित पक्ष र आन्दोलित समूहबीच भएको छलफलमा ११ बुँदे सहमति भएको हो ।

पीडित परिवारको एकजना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने , गृह मन्त्रालयले गठन गरेको समितिलाई सबै पक्षले निष्पक्ष छानबिनका लागि सहयोग गर्ने लगायत ११ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

सहमतिमा दोषी प्रहरीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बुँदासमेत उल्लेख छ

सहमतिमा दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बुँदासमेत उल्लेख छ ।

उनका अनुसार आन्दोलित पक्षका मागको सम्बन्धमा स्थानीयस्तरमा सम्बोधन हुने माग तत्काल कार्यान्वयनमा लैजाने तथा स्थानीयस्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको छ ।

आन्दोलनरत पक्षले सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । गत शुक्रबार प्रहरीको गोली लागेका ज्यान गुमाएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउने तयारी गरिएको छ ।

हेर्नुहोस् ११ बुँदे सहमति

१. आन्दोलनका क्रममा असामयिक निधन भएका युवा व्यवसायी जयशंकर साहप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदन व्यक्त गर्ने ।

२.गृह मन्त्रालयबाट गठित छानविन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने ।

३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने ।

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल  सन्चालन सम्बन्धमा बरहथवा नगर प्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बीचको सहकार्य एवं छलफलबाट टुंग्याउने ।

५. मृतकको शालिक अस्पताल प्राङगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने ।

६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने ।

७. मृतकका नामबाट प्रक्रिया पुर्‍याई प्रादेशिक अस्पताल बरहथवाको नामकरण गर्ने ।

८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने ।

९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने ।

१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने ।

११. मृतकको शव तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने ।

यो पनि…

बरहथवा र बालकुमारीमा बेग्लै नीति स् सिडिओ र डीएसपीलाई किन भएन कारवाही ?

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : २४ बजे

शीर्ष क्रमका ब्याटरहरू ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती

प्रधानमन्त्री अमेरिकामा हुँदा काठमाडौंमा धरपकड किन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर देशभित्र छैनन् । उनी

गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा

राजविराज– तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा