सैनिक कारबाहीमा ७६ अल–शबाब लडाकुको मृत्यु « Khabarhub

सैनिक कारबाहीमा ७६ अल–शबाब लडाकुको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मोगादिसु – मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल–शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ ।

एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल-कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएका अल(शबाबका वरिष्ठ कमाण्डरहरू पनि रहेको बताएका छन्।

सैन्य आक्रमणले अल–शबाब अड्डाहरू र सवारी साधनहरू ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुहरूलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ।

सरकारविरुद्ध लडिरहेको अल-शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ।

चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण भने जारी राखेको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : २७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को