राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबीले कांग्रेसमा तरङ्ग | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबीले कांग्रेसमा तरङ्ग


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रको दाबीले गठबन्धनको मुख्य दल नेपाली कांग्रेस झस्किएको छ ।

माओवादी केन्द्रको सोमबार र मङ्गलवार बसेको संसदीय दल बैठकमा राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने विषयमा छलफल भएको थियो । संसदीय दल बैठकमा बोल्ने अधिकांश सांसदहरूले राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

बैठकमा उठेको विषयलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गम्भीर रूपमा लिएको सांसद माधव सापकोटाले जानकारी दिए ।

उनले भने, ‘माओवादी केन्द्र राष्ट्रियसभाको पहिलो पार्टी भएकाले अध्यक्षमा दाबी स्वाभाविक हो । त्यसमाथि आलोपालो प्रधानमन्त्रीमा जाँदा संवैधानिक समितिमा माओवादीको उपस्थिति पनि नरहने भएकाले अध्यक्षमा दाबी रहन्छ ।’ सापकोटाका अनुसार यो विषयमा प्रधानमन्त्री दाहालले गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने बताएका छन् ।

फागुन २१ गतेबाट राष्ट्रियसभामा रिक्त हुने १९ सांसदका लागि निर्वाचन हुँदा माओवादी केन्द्र पहिलो दल बनेको छ । फागुन २१ पछि राष्ट्रियसभामा माओवादीका १८ सांसद हुनेछन् । दोस्रो दल नेपाली कांग्रेसका राष्ट्रियसभामा १६ जना सांसद हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन अगाडी नै गठबन्धन दलबिच भागबन्डा टुङ्गिएको थियो । गठबन्धन दलबिच राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

तर, कोशीमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि माओवादी केन्द्रले सम्झौता मान्न बाध्य नहुने बताउँदै आएको छ । माओवादी दोस्रो तहका नेताहरू कांग्रेसले धोका दिँदा कोशीमा आफ्नो उम्मेदवार पराजित भएको भन्दै आफूहरु पनि सहमति मान्न बाध्य नहुने बताउन थालेका हुन् ।

कांग्रेसमा तरङ्ग

राष्ट्रियसभा अध्यक्षलाई लिएर माओवादी केन्द्रमा भएको बहसले कांग्रेसमा भने तरङ्ग पैदा भएको छ ।

माओवादीको एक पक्ष कांग्रेससँगको गठबन्धनसँग सन्तुष्ट नरहेको बेला राष्ट्रियसभाको अध्यक्षलाई लिएर भएको बहसले कांग्रेसका कतिपय नेताहरू झस्किएका हुन् । राष्ट्रियसभा निर्वाचन अगाडी नै गठबन्धनमा खेल्न खोजेको एमाले अध्यक्षको कार्ड देखाएर माओवादीसँग नजिकिन खोजेको कांग्रेसको शंका छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्मा भने माओवादीले सहमति नतोड्ने बताउँछन् । उनी भन्छन, ‘राष्ट्रियसभा अध्यक्षमा यसअघि भएको सहमतिबाट माओवादी पछि हट्दैन । अध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवारी रहन्छ र गठबन्धनका सबै दलको सहयोगमा निर्वाचित पनि हुन्छ।’ राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा कुनै पनि समस्या सृजना नगर्ने उनले बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : २७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय