यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो « Khabarhub

यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल) ले दायर गरेका सबै रिट खारेज गरेसँगै सूचना महामार्गको बाटो खुलेको छ । न्यायधीशहरु प्रकाशमान सिंह राउत र अब्दुल अजीज मुसलमानको संयुक्त इजलास  मंगलबार युटिएलको रिटमा माग दाबी नपुग्ने उल्लेख गर्दै रिट निवेदन खारेज गरेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउन दिएको परियोजनाको अवधि सकिएपछि सम्झौता नवीकरण नगरेपछि यूटीएलले सर्वोच्चमा रिट दायर गरेको थियो । अदालतको आदेशसँगै प्राधिकरणलाई युटिएलको अनुमतिपत्र खारेज गर्ने बाटो समेत खुलेको छ ।

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको ठेक्का रद्द गर्ने तथा बक्यौता नतिरे अनुमतिपत्र पनि खारेज गर्ने प्राधिकरणको निर्णयविरुद्ध यूटीएल र टेली इन्फ्रा नेपालमार्फत २०७६ साल वैशाख २२ गते रिट दायर गरेको थियो ।

ग्रामीण दूरसञ्चार विकास कोषको रु दुई अर्ब एक करोड अनुदानमा गण्डकी र लुम्बिनी प्रदेशमा  अप्टिकल फाइबर विस्तार गर्ने गरी प्राधिकरणले २०७४ वैशाख १४ युटिएलसँग सम्झौता गरेको थियो । 

सम्झौताअनुसार युटिएलले २०७६ साल वैशाख १४ गतेभित्र गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तीबाङसम्मको मध्यपहाडी लोकमार्ग तथा गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने २१ जिल्लामा दूरसञ्चार पूर्वाधार निर्माण गरिसक्नुपर्ने भएपनि युटिएलले समयमा काम गर्न सकेन । सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिछ्याउँदै सूचना महामार्ग निर्माण गर्ने उल्लेख गरेको थियो ।

सम्झौताको समयावधिमा निर्माण कार्य शून्य भएपछि २०७८ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले यूटीएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ३९ बजे

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेट : महानगर र प्रहरीको सहकार्य बलियो बनाइने 

काठमाडौं– सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर‍– हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

वीरगञ्ज– बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं– बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ

स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी

मुस्ताङ– यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका