प्रचारप्रसार अभावले ओझेलमा ‘हनुमन्ते डाँडा’ « Khabarhub

प्रचारप्रसार अभावले ओझेलमा ‘हनुमन्ते डाँडा’


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रचारप्रसार अभावले दोलखाको हनुमन्ते डाँडा ओझेलमा परेको छ । दोलखा सदरमुकाम चरिकोट देखि करिब २५ किलोमीटर नजिक रहेको पौराणिक धार्मिक मान्यता बोकेको वैतेश्वर र जिरी नगरपालिकाको सिमानामा अवस्थित हनुमन्ते डाँडा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ ।

भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा दोलखाको एक रमणीय पर्यटकीय गन्तव्य हो ।

जिल्लाको कालिञ्चोक, भिमेश्वर मन्दिर, च्छोरोल्पा, विगु गुम्बा, शैलुङ, जिरीको जति प्रचारप्रसार नहुँदा यहाँको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ओझेलमा पर्दै गएकोमा स्थानीयले दुखेसो गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित हनुमन्ते डाँडा । समुन्द्र सतहदेखि ३ हजार २०० मिटर उचाइमा पर्दछ। वैतेश्वर र जिरी नगरपालिका पर्ने खावा हुँदै हनुमन्तेको वेसक्याम्प पुग्न करिब ४५ मिनेट लाग्छ भने, यहाँबाट करिब ७ सय मिटर सिँढि  पैदल हिँडेपछी हनुमानको मूर्ति रहेको भिरको टाकुरामा पुग्न सकिन्छ।

टाकुरा भन्दा केही माथि सिङ्गो दोलखालाई अवलोकन गर्न सकिने डाँडा रहेको छ। डाँडाबाट हनुमन्ते जस्तै प्रसिद्ध जिल्लाका कालिञ्चोक,  भिमेश्वर मन्दिर, च्छोरोल्पा, विगु गुम्बा,सदरमुकाम चरिकोट बजार, जिरी, शैलुङ, वैतेश्वरका प्रसिद्ध स्थलको सहज रूपमा अवलोकन गर्न सकिन्छ। हनुमन्ते डाँडालाई हिन्दु धर्मग्रन्थमा रामायणसँग जोडिएको छ।

हनुमन्ते पर्वत प्राकृतिक रूपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको छ ।
हनुमन्ते पवित्र हिन्दु धार्मिक ग्रन्थ रामायणका महत्त्वपूर्ण पात्र हनुमान (रामका सेवक तथा वलवानको उपनामले चित्रित गरिएको) को नामसँग जोडिएको अनुमान गर्न सकिन्छ ।

रामायणको युद्धमा लंकाका राजा रावणका भाइ इन्द्रजितले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाइ लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याइरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने वैद्यहरूले बताए पछि हनुमान उक्त संजिवनी बुटी खोज्न हिमालय पर्वत जाँदा दोलखाको गौरीशंकर क्षेत्रको हनुमन्ते पहाड पुगेको रामायणमा उल्लेख गरिएको छ ।

हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी बुटी चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रसङ्ग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ ।

कथन अनुसार जडीबुटी खोज्ने क्रममा हनुमानजी यही डाँडा वरिपरि भतारिएका थिए रे यसरी यो ठाउँको नाम हनुमन्ते डाँडा रहन गएको पुराना पुस्ताका जानकारहरू बताउँछन् ।

जिरी नगरपालिका र वैत्येश्वर गाउँपालिकाको सिमानामा पर्ने डाँडाको भिरमा गुफा र हनुमानको मूर्ति छ। हनुमानको मूर्ति आफै उत्पत्ति भएको जनविश्वास छ। असली मूर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ। मूर्ति नजिकै सानो गुफा पनि छ, जहाँ शिवलिंग छ। अलिक मुनितिर खोंचमा हनुमानका मूर्ति र गुफा छन् । हनुमन्ते डाँडा अलिक पर खावा छेउमा वैतेश्वर गाउँपालिका-३ मा रहेको वैशाखेस्वरी पुरानो महादेव मन्दिर छ ।

माता सिताको जन्म स्थल  जनकपुर,दोलखा भीमेश्वर र राम भक्त हनुमानले पहाड नै भत्काएको हुनुमन्ते डाँडा जोडेर रामायण सर्किटको विकास गर्न सके धेरै भारतका छिमेकीहरू जनकपुर हुँदै दोलखाका भित्र सक्ने वैतेश्वर निवासी स्थानीय युवा सुबास लामा बताउँछन्।

जसरी भारतमा संसारले चिन्ने गरी राम मन्दिर बन्यो त्यसै गरी हनुमन्ते टाकुरामा हनुमानको मूर्ति निर्माण गर्न सके जनकपुर जस्तै यस क्षेत्रले पनि  नेपाललाई विश्वभर चिनाउन टेवा पुर्‍याउने लामाले बताए।

हनुमन्ते, जिरेस्वरी,चेर्दुङ, देउराली हनुमान पार्क,हनुमान डाँडा वरपरका धार्मिक स्थल भएकाले यस क्षेत्रमा हनुमानको मूर्ति बनाउन सके यी आसपासका धार्मिक स्थलको समेत विकास हुने उनले सुनाए।

यस क्षेत्रमा दोलखाबाट  प्रतिनिधित्व गर्ने पूर्व तथा  बहालवाल सांसदहरूले हनुमानको मूर्ति बनाउने योजना बनाए पनि हालसम्म उक्त योजनाको कुनै सुरसार नभएको पाइएको छ। जिरी र वैतेश्वर स्थानीय सरकारले प्रदेश सरकारसँग  सहकार्य गरेर डाँडासम्म पुग्न आंशिक संरचना बनाए पनि हालसम्म उपयुक्त योजना तथा कार्यक्रम बन्न नसकेको पाइएको छ।

साथै जिल्लाका अन्य पर्यटकीय स्थलको जति प्रचारप्रसार हुन सके हनुमन्तेले पनि सयौँ पर्यटक जिल्ला भित्र्याउन सक्ने स्थानीय नारायणप्रसाद दाहालले बताए ।

आजभोलि यस क्षेत्रमा शनिवार, शुक्रवार स्थानीय पर्यटक पिकनिक खाना, बिदा मनाउन हनुमन्ते पुगे पनि योजना नै बनाएर बाहिरी पर्यटन हनुमन्ते नपुगेको पाइएको छ।

सम्बन्धी निकायले खासै चासो नदिँदा हनुमन्तेको प्रचारप्रसार र डाँडामा विश्वकै अग्लो हनुमानको मूर्ति स्थापना हुने कुरा हालसम्म सुरसार नभएको देखिएको छ। ५ वर्ष अघि नै हनुमन्ते डाँडामा विश्वकै अग्लो हनुमानको मूर्ति बनाउने हल्ला चलाइए पनि हालसम्म उक्त योजनाले कुनै गति नलिएको स्थानीयहरू बताउँछन् ।

सुबास बस्नेत

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न