सुशासनको अभियानलाई सफल बनाउनुपर्छ : सांसद शर्मा « Khabarhub

सुशासनको अभियानलाई सफल बनाउनुपर्छ : सांसद शर्मा


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रङ्ग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको विषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे ।

सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारवाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए ।

शर्माले जनताप्रति इमानदार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताएका छन्  । संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उनले बताए ।

शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ५५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा