सीमित नेताको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

सीमित नेताको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले  परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् । 

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गरे। त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने । 

यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए । 

अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ३१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास