सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको छ : अमरेशकुमार सिंह | Khabarhub Khabarhub

सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको छ : अमरेशकुमार सिंह


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको विषयमा कुरा आयो, सरकारले समात्यो पनि । तर, दुई घण्टा नबित्दै प्रधानमन्त्रीदेखि गठबन्धनको नेताहरूको आईजिपीलाई तारन्तार फोन गयो । किनकी हामी त्यही व्यापारीको पैसा खाएर बाँचिरहेका छौं । पार्टी चलाइराखेका छौं ।’

त्यस्तै उनले सरकार र राजनीतिक दलमाथि जनताको विश्वास घटेको टिप्पणी गरेका छन् । अब त्यसको आत्मसमीक्षा गर्ने बेला भएको बताए । उनले अहिले सरकारले आफै झाँक्री र आफै बोक्सीको स्टन्ट गरेको आरोप लगाए ।

उनले सत्ता गठबन्धनको कुन दलको संरक्षणमा बाल मन्दिरको जग्गा लुटिएको छ ? भनेर प्रश्न गरे । उनले भने–‘सत्ता गठबन्धनको कुन दलको कारणले छायाँ सेन्टर, म राणाकालीन डकुमेन्ट लिएर आएको छु, त्यहाँ सत्ता गठबन्धनका नेताको सेयर छ ।’

उनले अहिले देशमा विद्यमान सबैखाले बेथितिको जड नै सरकार भएको दाबी गरे । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ०१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका