सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको छ : अमरेशकुमार सिंह « Khabarhub

सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको छ : अमरेशकुमार सिंह


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारकै संरक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको विषयमा कुरा आयो, सरकारले समात्यो पनि । तर, दुई घण्टा नबित्दै प्रधानमन्त्रीदेखि गठबन्धनको नेताहरूको आईजिपीलाई तारन्तार फोन गयो । किनकी हामी त्यही व्यापारीको पैसा खाएर बाँचिरहेका छौं । पार्टी चलाइराखेका छौं ।’

त्यस्तै उनले सरकार र राजनीतिक दलमाथि जनताको विश्वास घटेको टिप्पणी गरेका छन् । अब त्यसको आत्मसमीक्षा गर्ने बेला भएको बताए । उनले अहिले सरकारले आफै झाँक्री र आफै बोक्सीको स्टन्ट गरेको आरोप लगाए ।

उनले सत्ता गठबन्धनको कुन दलको संरक्षणमा बाल मन्दिरको जग्गा लुटिएको छ ? भनेर प्रश्न गरे । उनले भने–‘सत्ता गठबन्धनको कुन दलको कारणले छायाँ सेन्टर, म राणाकालीन डकुमेन्ट लिएर आएको छु, त्यहाँ सत्ता गठबन्धनका नेताको सेयर छ ।’

उनले अहिले देशमा विद्यमान सबैखाले बेथितिको जड नै सरकार भएको दाबी गरे । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ०१ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा