गिरीबन्धु जग्गा प्रकरणको फैसला सुनाउने तयारी « Khabarhub

गिरीबन्धु जग्गा प्रकरणको फैसला सुनाउने तयारी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा झापास्थित गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी प्रकरणको सुनुवाई सकिएको छ । संवैधानिक इजलासले यो प्रकरणको फैसला आजै सुनाउने तयारी गरेको स्रोतले बतायो ।

सर्वोच्च स्रोतले खबरहबसँग भन्यो, ‘गिरीबन्धु टि स्टेट’को जग्गा सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सकिएको छ, आजै फैसला आउन सक्छ ।’ केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु टि स्टेटको चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो ।

सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।

चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले सुनुवाई गरेको हो ।

संवैधानिक इजलासमा आज यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठका साथै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान र सुष्मालता माथेमाको बेञ्चमा परेको छ ।

यस्तो थियो ओली सरकारले गरेको निर्णय-

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ०९ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको