सर्वोच्चले भन्यो- हदबन्दी भन्दा बढी जग्गा जफतै गर्नुपर्छ « Khabarhub

सर्वोच्चले भन्यो- हदबन्दी भन्दा बढी जग्गा जफतै गर्नुपर्छ

उद्योगपतिको जग्गा सरकारीकरण गर्ने बाटो खुल्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन राजा महेन्द्रले २०२१ सालमा भूमिसुधार लागू गरेर जग्गाको हदबन्दी तोकेका थिए । तर, कसैले उद्योग चलाउन खोज्दा हदबन्दी भन्दा बढी जमिन राख्न पाउँथ्यो ।

उद्योगले हदबन्दीभन्दा बढी जमिन राख्न पाउने कानुनको अधिकार प्रयोग गर्दै झापामा गिरीबन्धुले ३४३ बिघा १९ रोपनी १२ आना जमिनमा चिया बगान खोलेका थिए ।

उद्योगका लागि राखिएको हदभन्दा बढी जग्गा उद्योग बन्द भएपछि कसको हुन्छ ? के तिनै उद्योगपतिले जग्गा बेचेर खान पाउँछन् ? कि त्यो जमिन सरकारको हुन्छ ? यो प्रश्नको जवाफ बुधबार सर्वोच्च अदालतले दिएको छ ।

सर्वोच्च अदालतको फैसलामा स्पष्टसँग भनिएको छ, ‘सामान्यतया हदबन्दी भन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने हुन्छ ।’

अदालतको यो नजिर अनुसार अब गिरीबन्धुको जस्तै देशैभरि राखिएको हदबन्दी भन्दा बढी जमिन सरकारीकरण गर्ने बाटो खुलेको छ ।

अदालतको यो नजिरले अब त्यस्ता उद्योगीहरूले लिएको हदभन्दा बढी जमिन उद्योग बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने र त्यस्तो जमिन अन्ततः सरकारकै हुने स्पष्ट पारेको छ ।

यही मान्यता अनुसार गिरीबन्धु टी स्टेटको हदभन्दा बढी जग्गाको व्यवस्थापन गर्नु गराउनु भनी अदालतले सरकारका नाममा परमादेशसमेत जारी गरेको छ ।

जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता सम्भाव्यता, सट्टा गरिने जग्गाको मूल्यसमेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू यकिन गरेर हदभन्दा बढी भएको जग्गा व्यवस्थापन गर्न सर्वोच्चले भनेको छ ।

यो पनि…

ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज

हेर्नुहोस् अदालतको आदेश

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ३५ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)