राष्ट्रियसभा अध्यक्षको चयनमा विवाद हुँदैन : माधव नेपाल « Khabarhub

राष्ट्रियसभा अध्यक्षको चयनमा विवाद हुँदैन : माधव नेपाल


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे । उनले उक्त पदमा दलहरूको दावी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस विषयमा कुनै छलफल नभएको जिकिर गरे ।

 त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताए । राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले शक्ति सन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताए । उनले यस विषयमा अन्य दलहरूसंग छलफल गररै अघि बढ्ने बताए ।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दावी गरे ।

उनले छिटै गठबन्धनको बैठक बसेर यस विषयमा औपचारिक निर्णय हुने जानकारी दिए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको