बेलायतको शाही जिम्मेवारी राजकुमार विलियमलाई « Khabarhub

बेलायतको शाही जिम्मेवारी राजकुमार विलियमलाई


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

लण्डन– राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ । 

राजा एक्कासि क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेशन भएकोले विलियमलाई थप शाही बोझ काँधमा आएको हो ।

चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिनको र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् । 

उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चाल्र्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन् । 

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताएको छैन, यद्यपि यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताएका थिए ।

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको र उनको शासनकालको १७ महिनापछि उहाँलाई यो समस्या रहेको पत्ता लागेको हो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ५५ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा