अछामका करेन्ट लागेर एक युवकको मृत्यु « Khabarhub

अछामका करेन्ट लागेर एक युवकको मृत्यु


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। 

उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ। 

उनलाई मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : १८ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक