जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमप्रति सचेत हुनुपर्छ : जलस्रोतविद् दीक्षित « Khabarhub

जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमप्रति सचेत हुनुपर्छ : जलस्रोतविद् दीक्षित


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलस्रोतविद् अजय दीक्षितले जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमप्रति सचेत हुनुपर्ने बताएका छन् । उनले जलवायु परिवर्तनको आयाम फराकिलो रहेपनि यसबाट जलस्रोतमा परेको असरबारे कमैमात्र चर्चा हुने गरेको उल्लेख गरे ।

राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा बुधबार आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै जलस्रोतविद् दीक्षितले हरेक वर्ष हिमाली भेगमा हिउँको मात्रा घट्दै गइरहेकाले नेपालका नदी प्रणालीको संरक्षण गर्नुपर्ने बताए ।

उनले नेपाल भएर गंगामा मिल्न जाने नदीमा झण्डै एक अर्ब मानिसहरु निर्भर रहेकाले जलवायु परिवर्तनबाट नदी प्रणालीमा उत्पन्न हुने जोखिमप्रति चनाखो रहनुपर्ने उल्लेख गरे । कार्यशालामा उनले नेपालमा जलस्रोतको बहस केबल जलविद्युतको विषयमा मात्रै केन्द्रित हुने गरेको भन्दै जलवायु परिवर्तनले जलस्रोतमा परेको असरबारे थप बहस आवश्यक रहेको बताए ।

कार्यशालामा जलवायु परिवर्तनबारे विभिन्न क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिरहेका ७ जना अभियन्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो इकोनोमिक रिसर्च आईएसएसआरको आयोजना तथा नेपाल युएस अलुम्नी नेटवर्क नुसान, क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्कको सहआयोजनामा सम्पन्न कार्यक्रममा जलवायुविद्, पत्रकार, सामाजिक अभियन्ता, विभिन्न संस्थाका प्रतिनिधि एवम् आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ३४ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट