परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू परिवर्तनको मुख्य संवाहक भएकाले सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्री, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका नेपालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : ५८ बजे

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको