परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू परिवर्तनको मुख्य संवाहक भएकाले सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्री, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका नेपालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : ५८ बजे

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

काठमाडौं– जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा

लेबनानमा इजरायली आक्रमण : पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर– भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम