फाइल फोटो

आर्थिक

सुनले नयाँ रेकर्ड राख्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

March 07, 2024

काठमाडौं–  नेपाली बजारमा तीन दिन देखि लगातार सुनको मूल्य बढी रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १४४० रुपैयाँमा कारोबार भएको थियो ।