विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कास्मिर भ्रमण « Khabarhub

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कास्मिर भ्रमण


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र कास्मिरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीबार भारत प्रशासित कास्मिरको मुख्य सहरमा र्याली गर्ने छन् । 

मोदी सरकारले मुस्लिम-बहुल क्षेत्र कास्मिरको विशेष संवैधानिक हैसियत खोस्दै पहिलाको राज्यलाई नयाँदिल्लीबाट प्रत्यक्ष शासित दुई क्षेत्रमा विभाजित गरेको थियो । उक्त कदमलाई सम्पूर्ण भारतमा स्वागत गरियो । यसबाट बाक्लो सैन्यकृत क्षेत्रमा धेरै मानिसलाई असन्तुष्ट बनायो । 

हिमाली क्षेत्र कास्मिरमा विद्रोहीहरूले सन् १९८९ देखि स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विद्रोह गरेका छन् । पाकिस्तानले कास्मिर क्षेत्रको एउटा सानो भूभागलाई नियन्त्रण गरेको छ । भारतले भने सम्पूर्ण कास्मिरमाथि दाबी गर्दछ । 

हिन्दू राष्ट्रवादी नेता मोदीले दिउँसोतिर एउटा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि हजारौँ सशस्त्र प्रहरी र अर्धसैनिक बललाई परिचालित गरिएको छ भने कास्मिरको मुख्य सहर श्रीनगरमा नयाँ प्रहरी चौकीहरू स्थापना गरिएको छ । 

‘विभिन्न विकास कार्य पनि राष्ट्रलाई समर्पित गरिनेछ’, भ्रमणअघि मोदीले सामाजिक सञ्जाल एक्समा भने, ‘कृषि अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र पर्यटन कार्यक्रम पनि समावेश छ ।’ मोदीले प्रतिष्ठित मुस्लिम तीर्थस्थल  हजरतबल वरपरका पूर्वाधारको पनि उद्घाटन गर्नुहुने सरकारी विज्ञप्तिमा जनाइएको छ ।

यो भ्रमण मेमा हुने भारतको राष्ट्रिय निर्वाचनअघि हुँदैछ । यो भ्रमण यस क्षेत्रको स्वायत्तता गुमाएपछिको पहिलोसमेत हो । कास्मिरमा अन्तिमपटक स्थानीय निर्वाचन सन् २०१४ मा भएको थियो । 

नयाँदिल्लीको कास्मिरमा प्रत्यक्ष शासनबाट उक्त क्षेत्रमा ‘शान्ति र विकास’ को नयाँ युग आएको मोदी सरकारले दाबी गरेको छ तर आलोचक तथा धेरै बासिन्दाहरूले यसले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा व्यापक कटौती गरेको बताएका छन् । 

सुरक्षा बलहरूले बिहीबार सडकहरूका साथै श्रीनगर हुँदै बग्ने नदी किनारमा मोटरबोटहरूबाट गस्ती गरेका छन् । सहरका अधिकांश विद्यालय दिनभरका लागि बन्द गरिएको छ र अधिकारीहरूले सरकारी कर्मचारीहरूलाई र्यालीमा उपस्थित हुन आह्वान गरेका छन् । 

जम्मू–कास्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले सरकारमाथि र्यालीमा सहभागी हुनका लागि भीड बनाउन बसहरूको व्यवस्था गरेको आरोप लगाउँदै ‘लगभग कसैले पनि’ स्वेच्छाले उपस्थित नहुने बताए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : २२ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण