प्रधानमन्त्रीले एकपक्षीय ढंगले गठबन्धन तोड्नुभयो : कांग्रेस | Khabarhub Khabarhub

प्रधानमन्त्रीले एकपक्षीय ढंगले गठबन्धन तोड्नुभयो : कांग्रेस


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ । 

कांग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमानदार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको बताए।

विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको प्रमुख सचेतक लेखकको भनाइ थियो । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पछिल्लो समयमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सरकार गठनमा दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ । साथै सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए ।

बैठकले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरूपमा प्रस्तुत हुन निर्देशन गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभाको ठूलो दल हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १ : ०७ बजे

संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै

काठमाडौं – शुक्रबार संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ

पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन प्रयोगविहीन

बर्दघाट – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख

बेनीमा माटोको गुणस्तरमा ह्रास

म्याग्दी– बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ

महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल, विजयी भए फाइनल खेल्ने

काठमाडौं – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

रसुवा – केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न