गठबन्धन तोडेर प्रधानमन्त्रीले विश्वासघात गरे : कांग्रेस  « Khabarhub

गठबन्धन तोडेर प्रधानमन्त्रीले विश्वासघात गरे : कांग्रेस 


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसलेका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेर विश्वासघात गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले केही मन्त्रीहरूलाई कारण देखाएर प्रधानमन्त्रीले गठबन्धन तोड्नु राजनीतिक बेइमानी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले गरेको यो विश्वासघात कांग्रेसका लागि मात्र होइन, निर्वाचनमा जनताका बिचमा गरेका बाचामाथिको पनि घात हो ।’ जनतामाथि पनि घात भएका कारण कांग्रेसले यसलाई निर्ममता पूर्वक राजनीतिक बेइमान हो भन्न बाध्य भएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीको कदमले देशमा अस्थिरता निम्तिएको लेखकको भनाई छ । गठबन्धन भत्काएर प्रधानमन्त्रीले जनमतको कदर नगरेको कांग्रेसको ठहर छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्