चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने « Khabarhub

चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको जाड्रयान शहरमा आगामी वैशाख १३ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागिता रहने नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए । 

संघले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट र व्यवस्थापन गर्न संघका सचिव निकेश श्रेष्ठको संयोजकत्वमा सचिव गोविन्दबहादुर शाही र सदस्य योगेन घिमिरे रहने गरी तीन सदस्यीय कमिटी गठन गरिएको महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी गराएका छन् । 

खेलाडी छनोट गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका खेलाडीहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ । सो प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले विश्व थाउँलो च्याम्पियनसिप जापान र विश्व साँसौ न्याम्पियनसीप अस्ट्रेलियामा सहभागिता पाउने छन् । 

स्मरण रहोस् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई धेरै पदक दिलाउने मार्सल आर्टमा उसु खेल पनि एक हो । हालै साउदीअरबको रियाद शहरमा सम्पन्न भएको करिब १५० राष्ट्रहरूको वल्र्ड कमब्याट गेम्समा उसु खेलाडी विजय सिंजालीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  २ : १९ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम