चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकाका पूर्वराष्ट्रपतिको दाबी « Khabarhub

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकाका पूर्वराष्ट्रपतिको दाबी


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

कोलम्बोश्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरेका छन् । 

टापु मुलुक श्रीलंकाको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक संकटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए । 

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपाक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गरे। ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो । 

यसको सट्टा उनका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू-राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उनलाई सत्ताबाट हटायो । 

राजपाक्षेले निश्चित मुलुकहरूको नाम लिनुभएन तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलंकाले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो । 

आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजापाक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलंकाबाट बाहिर लगिएको थियो र उनले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गरेका थिए। यद्यपि पछि उहाँ स्वदेश फर्किसकेका छन् । 

पुस्तकमा राजपाक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दावी गरेका छन् । 

बेइजिङले श्रीलंकामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजापाक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलंकाको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलंकाको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ । 

आफ्ना दाजु महिन्दा राष्ट्रपति रहँदा शीर्ष रक्षा अधिकारीका रूपमा काम गर्दै सन् २००९ मा श्रीलंकाको लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरेकामा राजापाक्षेलाई कुनै समय सिंहाली बौद्ध बहुसङ्ख्यकबीच सम्मानित गरिएको थियो । 

सन् २०१९ मा भएको निर्वाचनमा उहाँ राष्ट्रपति पदमा भारी मतले विजयी भए। यद्यपि सुपरमार्केटका र्याकहरू खाली भएपछि र पेट्रोल स्टेसनहरूमा धेरै दिनसम्म लामो लाइन लागिरहेपछि तीन वर्षभन्दा पनि कम समयमा श्रीलंकाको अर्थतन्त्र धराशायी भएसँगै उनको लोकप्रियतामा कमी आयो । 

अर्थशास्त्रीहरूले अचानक देखिएको मन्दीका लागि राजपक्ष सरकारले सोचविचार नगरी करमा गरेको कटौतीलाई दोष दिएका छन् । कर कटौतीका कारण कोरोना भाइरस महामारीपछि विदेशी मुद्रा सञ्चितिमा भएको गिरावटको जवाफ दिन राजापक्षे सरकार असमर्थ रह्यो । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ४ : ५४ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ