तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै « Khabarhub

तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो । 

बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आव्हान भएको थियो । अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक रु पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ मा  बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए।

निर्माण कम्पनीका सञ्चालक धर्मराज लोहनी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीबीच ठेक्का सम्झौता भएको हो । पुल निर्माण १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयमा निर्माण पूरा  हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ५ : ३६ बजे

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला