मानव बेचबिखनको अभियोगमा एक जना पक्राउ « Khabarhub

मानव बेचबिखनको अभियोगमा एक जना पक्राउ


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् । 

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ परेका राईले बुटवलको कपडा पसलमा काममा लगाइदिने भन्दै भारत पुर्‍याएका थिए । उनलाई मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरिएको हो ।  

राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुर लगेर बन्धक बनाइ राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । उनी त्यसपछि फरार रहेका थिए । 

राई उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता ढकालले बताए। 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ६ : १५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने