गठबन्धन परिवर्तनले भारतलाई फरक पर्दैन : राजदूत | Khabarhub Khabarhub

गठबन्धन परिवर्तनले भारतलाई फरक पर्दैन : राजदूत


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । 

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे । 

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ६ : २५ बजे

महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल, विजयी भए फाइनल खेल्ने

काठमाडौं – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

रसुवा – केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न

इजरायलको आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रोश : प्यालेस्टाइनी शिविरमा १५ जना मारिए

गाजा – विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा भएको इजरायली आक्रमणमा १५

बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ