बुढासुब्वा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक « Khabarhub

बुढासुब्वा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

धरान– बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा  आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछ भने फागुन २७ मा एनआरटी  र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनियनबीच स्पर्धा हुनेछ । 

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार  विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु ३५ हजार प्रदान गरिनेछ । 

प्रतियोगिता सञ्चालनका लागि ७७ लाख ६० हजार आम्दानी र रु ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ६ : ४८ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का