धादिङ बस दुर्घटना : हराइरहेका दुई जनाको शव फेला | Khabarhub Khabarhub

धादिङ बस दुर्घटना : हराइरहेका दुई जनाको शव फेला


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो । 

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ७ : २२ बजे

ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध

ललितपुर – चालकमाथि ट्राफिक प्रहरीले हातपात गरेको भन्दै यातायात मजदुरहरुले

दैनिक ९७ सडक दुर्घटना : औसतमा सात जनाको मृत्यु, ८८ घाइते

काठमाडौं – नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी

ओलीसँगको भेटलाई राजनीतिकरण गरिनु खेदजनक : विनोद चौधरी

काठमाडौं – नेपाली कांग्रेसका सांसद विनोद चौधरी सन्दर्भ नै नभएको

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने

बागमती – बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह

महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो