शिवरात्रिको पूर्वसन्ध्या : सिँगारियो पशुपति   « Khabarhub

शिवरात्रिको पूर्वसन्ध्या : सिँगारियो पशुपति  


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार मनाइने शिवरात्रिका लागि पशुपति क्षेत्रमा तयारी पूरा भएको छ । पशुपति विकास कोषले हरेक वर्ष झैँ यस वर्ष पनि शिवरात्रिका लागि पशुपति  परिसरमा सरसफाइदेखि सजावट र सुरक्षा व्यवस्थापन बलियो बनाएको छ ।

शिवरात्रि बनाउन आएका सन्यासीहरुले विहीबारदेखि नै धुनी जगाउन थालिसकेका छन् भने भक्तजनसमेत भेला हुन थालिसकेका छन् ।

पशुपतिनाथ मन्दिरमा शिवरात्रिका दिन बिहानैदेखि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व देशैभरिका शिव मन्दिरहरुमा भव्यरुपमा मनाइन्छ । पशुपतिनाथ मन्दिरमा शिवरात्रिका दिन भारतबाट समेत ठूलो संख्यामा तीर्थालु र सन्यासीहरु आउने गर्दछन् ।

शिवरात्रिमा पशुपतिमा भीड व्यवस्थापन र आसपासको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुने गरेकाले काेष र सरकारले विशेष व्यवस्थापन गर्दै आएका छन् ।

शिवरात्रिको अघिल्लोदिन पशुपतिमा देखिएका केही दृश्यहरु-

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : २५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम